• होमपेज
  • Uncategorized
  • सर्लाही र रौतहटमा आज काँग्रेसको चुनावी सभा,शिर्ष नेताले सम्बोधन गर्ने

सर्लाही र रौतहटमा आज काँग्रेसको चुनावी सभा,शिर्ष नेताले सम्बोधन गर्ने

  • बिहिबार, भदौ २९, २०७४
सर्लाही र रौतहटमा आज काँग्रेसको चुनावी सभा,शिर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, भदौ २९ –

नेपाली कांग्रेसका शीर्ष नेताले बिहीबार सर्लाही र रौतहटमा चुनावी सभालाई संबोधन गर्दैछन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत केन्द्रीय नेताले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै उहाँहरुले बेलुका ४ बजे रौतहटको रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।  रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि प्रधानमन्त्री देउवासहित शीर्ष नेताकोको टोली शुक्रबार हुने सभालाई संबोधन तथा नेता कार्यकर्तासँग छलफल र भेटघाटका लागि बिहीबार नै वीरगञ्ज जाने कार्यक्रम छ ।

Facebook Comments

सम्बन्धित समाचार