• होमपेज
  • Uncategorized
  • एसीसी यु १९ एशिया कप छनौटः सिंगापुरद्धारा नेपालसामु ६८ रनको लक्ष्य पेश

एसीसी यु १९ एशिया कप छनौटः सिंगापुरद्धारा नेपालसामु ६८ रनको लक्ष्य पेश

  • बिहिबार, भदौ २९, २०७४
एसीसी यु १९ एशिया कप छनौटः सिंगापुरद्धारा नेपालसामु ६८ रनको लक्ष्य पेश

काठमाडौं, भदौं २९–

एसिसी यू–१९ एशिया कप छनौट प्रतियोगिताको तेस्रो खेलमा अहिले नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्लब अमनमा भईरहेको खेलमा टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले नेपालसामु ६८ रनको झिनो लक्ष्प पेश गरेको छ ।

नेपाली बलरसामु सिंगापुरका व्याट्सम्यान निरिह देखिए । २८.३ ओभरमा सबै विकेट गुमाउँदै सिंगापुरले मात्र ६७ रन जोड्न सक्यो । उसका लागि अभि दिक्क्षितले २६, सिद्धान्तले २३, हन्सुल दिपले २२ र आर्यमान सुनिलले २१ रनको योगदान दिए । सिंगापुरको व्याटिङ लाईनलाई धरासय बनाउने क्रममा नेपालका पवन सर्राफ एक्लैले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका पवनले १२ रन मात्रै खर्चिए । यस्तै किशोर महतोले २, सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।
नेपाल केहीबेरमा जवाफी व्याटिङमा उत्रिदै छ ।

प्रतियोगितामा दुवै टोली लगातार दुई जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। तर आजको नतिजाले समूह विजेताको भने टुंगो लाग्नेछ।

यसअघि दुई महिनाअघि भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र सिंगापुरबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। दुवै पटक नेपालले जित हात पारेको थियो। नेपाल जारी प्रतियोगितामा थाईल्याण्ड र भुटानलाई पराजित गरि सकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार