• होमपेज
  • समाचार
  • खोटाङको जालपामा चौबीसै घण्टा प्रसूति सेवा

खोटाङको जालपामा चौबीसै घण्टा प्रसूति सेवा

  • बिहिबार, भदौ २९, २०७४
खोटाङको जालपामा चौबीसै घण्टा प्रसूति सेवा

खोटाङ, भदौ २९–

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जालपास्थित स्वास्थ्यचौकीमा २४ घण्टे प्रसूति सेवा शुरु गरिएको छ ।

नवजात शिशु तथा मातृ मृत्युदर नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागको सहयोगमा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित स्वास्थ्यचौकीमा प्रसूति सेवा शुरु गरिएको हो ।

प्रसूति सेवाका लागि आवश्यक उपकरण तथा भौतिक संरचनाको व्यवस्थापछि स्वास्थ्यचौकीमा प्रसूति सेवा शुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो ।

डेलीभरी टेबल, सक्सन मेसिन, डेलीभरी सेट, कुर्सी टेबल, दराज, अक्सिटोसिन, मास्क, ग्लोबलगायतको व्यवस्था गरेर स्वास्थ्यचौकीबाट प्रसूति सेवा शुरु गरिएको हो ।

स्वास्थ्य सहयोग समिति र वडा कार्यालयको सिफारिसका आधारमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको जिल्ला अस्पतालले जनाएको छ । केन्द्रबाट सरकारी सेवाअनुसार सुत्केरीलाई सेवा उपलब्ध गराइने वडाध्यक्ष विकास राईले बताउनुभयो ।

स्वास्थ्यचौकीमा प्रसूति सेवा शुरु भएपछि गर्भवती महिलालाई सामान्य तरिकाले बच्चा जन्माउन अन्यत्र जान नपर्ने भएको छ । योसँगै जिल्लामा प्रसूति सेवा केन्द्रको संख्या ३४ पुगेको अस्पतालले जनाएको छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार