• होमपेज
  • समाचार
  • चितवनको भण्डारामा असोज १९ गतेदेखी महोत्सव हुने

चितवनको भण्डारामा असोज १९ गतेदेखी महोत्सव हुने

  • बुधबार, भदौ २८, २०७४
चितवनको भण्डारामा असोज १९ गतेदेखी महोत्सव हुने

आशिष उप्रेती,

चितवन भदौ २८

चितवनको भण्डारमा असोज १९ गतेदेखी महोत्सव संचालन हुने भएको छ । राप्ती नगरपालिका ५ स्थित भण्डरा बजार युवा आयोजनामा असोज १९ गते देखि २९ गते सम्म भण्डारा सास्कृतिक, उत्सव, कृषि, पर्यटन तथा व्यापार मेला २०७४ आयोजना गरिएको हो । आयोजक संस्थाले आज भण्डारामा पत्रकार सम्मेलनको आयोजना गरी राप्ती नगरपालिका ५ स्थित भण्डारा उच्च माध्यमिक विद्यालयको परिसरमा हुने महत्सवको तयारी सुरु गरिएको वताएको छ ।

सो महोत्सवमा कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, वितिय, सुचना प्रविधि, अटो तथा बाल उद्यान परिसरहरु रहने  छ । ८० देखि १०० वटा स्टल रहने महोत्सवमा राष्ट्रिय स्तरका लोकप्रिय कलाकारहरु एवम् स्थानिय स्तरका कलाकारहरुको दैनिक एवम् सास्कृतिक प्रस्तुती रहने छ । भण्डारा बजार व्यवस्थापन र युवाहरुलाई समाजका हरेक क्षेत्रमा अग्रसर गराउन २÷२ वर्षमा महोत्सवको आयोजना गरीने मुल आयोजक समितिका संयोजक सुदिप ओलिले जानकारी दिनुभयो । उहाले मेलाबाट प्राप्त हुने नाफाले एम्बुलेन्स खरिद गर्ने र सामाजिक कार्यमा लगाउने बताउनु भयो । महोत्सव सम्पन्न गर्न अनुमानित ३६ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

Facebook Comments

सम्बन्धित समाचार