• होमपेज
  • समाचार
  • बैतडीमा बस र जिप ठोक्किँदा ५ जना घाइते, २ गम्भीर

बैतडीमा बस र जिप ठोक्किँदा ५ जना घाइते, २ गम्भीर

  • बुधबार, भदौ २८, २०७४
बैतडीमा बस र जिप ठोक्किँदा ५ जना घाइते, २ गम्भीर

बैतडी, भदौ २८ –

दशरथचन्द राजमार्गअन्तर्गत् बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौं बजारनजिक बुधबार यात्रीबहाक बस र जिप एकापसमा ठोक्किँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरुमा दशरथचन्द नगरपालिका–१ का ३५ वर्षीय डम्मरदत्त भट्ट र बर्दिया, शिवपुर–५ घर भइ हाल गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत् अनमी टीका दाहाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि काठमाडौं ‘रेफर’ गरिएको उनले बताए ।

अरु घाइतेहरु दशरथचन्द नगरपालिका–६ का ५० वर्षीय ध्वजराम लुहार, दनपा–४ का ४४ वर्षीय भानी ऐर र दनपा–४ कै गोमती ऐरको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

बैतडी सदरमुकामबाट पाटनका लागि छुटेको महाकाली यातायातको ना२ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म१ज १२९ नम्बरको जिप देहीमाडौं बजारनजिक घुसल्ला मोडमा एकापसमा ठोक्किएका हुन् ।

तीव्रगतिका कारण मोडमा बस र जिप एकापसमा ठोक्किएका प्रहरीले बताएको छ । बस र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार