• होमपेज
  • समाचार
  • हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र–अध्यक्ष थापा

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र–अध्यक्ष थापा

  • बुधबार, भदौ २८, २०७४
हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र–अध्यक्ष थापा

पोखरा, भदौ २८ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको विभाजन राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने र मुलुकलाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आज यहाँ आयोजना गरेको पार्टीको पश्चिमाञ्चल विकास क्षेत्रीयस्तरको स्थानीय तहका अध्यक्षको सम्मेलनको उद्घाटन गर्दै उहाँले आफ्नो पार्टी विभाजन देशी विदेशी शक्तिको डिजाइनअनुसार नै भएको आरोप लगाउनुभयो ।

मनोनित गरिएका केही सांसदले समेत पार्टी फुटाउने काम गरेको बताउँदै उहाँले पार्टी विभाजनबाट कत्ति पनि चिन्तित भएर विचलित नहुनसमेत पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता पाउन नसक्नुमा पार्टीका एजेण्डा जनस्तरसम्म पु¥याउन नसक्नु, पार्टी संगठन कमजोर र निर्वाचनका लागि तयारी गर्न नसक्नु मुख्य कारण रहको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहमहामन्त्री हेमजंग गुरुङ, केन्द्रीय सदस्यहरू तोरणबहादुर गुरुङ, भिमसेन गुरुङ, कुलबहादुर गुरुङलगायतका वक्ताहरूले पार्टीको गतिविधिका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा यस क्षेत्रका १६ वटै जिल्लाका जिल्ला, क्षेत्र, नगर र गाउँस्तरका अध्यक्षहरूको सहभागिता रहेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा