• होमपेज
  • Uncategorized
  • प्रहरी सेवाबाट अलग हुदैँ सिलवालले भने, ‘मेरो जस्तो नियति कसैले भोग्न नपरोस्’

प्रहरी सेवाबाट अलग हुदैँ सिलवालले भने, ‘मेरो जस्तो नियति कसैले भोग्न नपरोस्’

  • बुधबार, भदौ २८, २०७४
प्रहरी सेवाबाट अलग हुदैँ सिलवालले भने, ‘मेरो जस्तो नियति कसैले भोग्न नपरोस्’

काठमाडौं,भदौं २८-

नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । मंगलवार साँझ बिज्ञप्ति निकालेर उनले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् । सरकारले वरियताक्रम अनुसार आइजिपी नियुक्त नगरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको केही घन्टापछि उनले राजीनामा घोषणा गरेका हुन् ।

२ पेज लामो प्रेस विज्ञप्तिमा उनले ७ महिनो कानुनी लडाइँ सकिएको बताएका छन् । इमान्दार हुदाँ पनि अन्यायमा पार्ने जोखिम प्रहरी संगठनमा रहेको उनले बताएका छन् । आफूलाई पीडित पुरस्कृतको संज्ञा दिदैँ उनले आफूले भोगेको जस्तो नियति कसैले भोग्नु नपरोस भनेका छन् ।

प्रहरी सेवाबाट अलग भएपछि अन्यायमा परेकाहरुको एउटा शसक्त आवाज बन्ने प्रयास गर्ने उनले प्रतिबद्धता जनाएका छन् । वरियता क्रम मिचेर जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि उनी अदालत गएका थिए। अदालतले चन्दलाई आइजिपी बनाउने सरकारी निर्णय खारेज गरेपछि प्रकाश अर्याल आइजिपी नियुक्त भएका थिए।

अर्याललाई आइजिपी बनाएको भन्दै सिलवाल फेरि अदालत गएका थिए। उनले २०७३ चैत ३० गते अदालतमा रिट दायर गरेका थिए।

उक्त रिट प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा न्यायधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी समेत गरी सात न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलासले खारेज गरिदिएको छ।

डिआइजी सिलवाललाई सरकारले एआइजी बढुवाबाट समेत वञ्चित गरेको छ। चार महिनाअघि बहालवाला डिआइजी उनलाई प्रहरीले किर्ते गरेको आरोपमा पक्राउसमेत गरेको थियो। राजीनामापछि नयाँ कामको थालनी गर्ने उनले बताएका छन्।

उनले निकालेको प्रेस विज्ञप्तिको पूर्ण पाठ

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि