• होमपेज
  • समाचार
  • नवलपरासीमा पोखरीमा डुबेर एकको ज्यान गयो

नवलपरासीमा पोखरीमा डुबेर एकको ज्यान गयो

  • बुधबार, भदौ २८, २०७४
नवलपरासीमा पोखरीमा डुबेर एकको ज्यान गयो

नवलपरासी, भदौ २८-

नवलपरासीको पाल्हिनन्दन गाउँँपालिका३ मा मंगलवार वेलुकी पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुरकी २५ वर्षकी सुनैना कोहारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कोहार घर नजिकै रहेको पोखरीको डिलमा घास काट्दा अचानक पोखरीमा खसेकी थिईन । उनलाई मंगलवार बेलुका ७ बजे स्थानीयले डुवेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले बुधवार विहान मात्रै मुचुल्का उठाएर शवलाई पृथ्वीचन्द्र अस्पतालमा पोष्टमार्टमका लागि राखेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार