• होमपेज
  • Uncategorized
  • रत्ननगरका दुई दर्जन पसलको अनुगमनः अधिकांस पसलमा म्याद गुज्रेका सामान भेटियो !

रत्ननगरका दुई दर्जन पसलको अनुगमनः अधिकांस पसलमा म्याद गुज्रेका सामान भेटियो !

  • मङ्लबार, भदौ २७, २०७४
रत्ननगरका दुई दर्जन पसलको अनुगमनः अधिकांस पसलमा म्याद गुज्रेका सामान भेटियो !

चितवन, भदौ २७ –

पुर्वीचितवनको रत्ननगर क्षेत्रका दुई दर्जन पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट खटिएको संयुक्त अनुगमन टोली रत्ननगरको भानुचोक, बकुल्लर, सौराहा चोक र टाँडी बजारका दुईदर्जन पसलको अनुगमन गरेको हो ।

अनुगमन टोलीले टाँडीको एउटा कपडा पसल बन्द गराएको छ । टाँडी बजारमा रहेको बिजय लक्ष्मी इम्पेक्स बन्द गराएको बजार संरक्षण अधिकृत ओमप्रकाश शर्माले जानकारी दिए । सो कपडामा आवश्यक कागजपत्र नभएकोले बन्द गरी कागजपत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा आउन आदेश दिइएको शर्माले बताए ।

स्थानिय जनप्रतिनिधीहरु रं पत्रकारहरुको उपस्थिीमा गरिएको अनुगमनको क्रममा अधिकांस पसलहरुमा म्याद गुज्रिएका पेयपदार्थ ,कुरकुरे,लेज फेला परेको थियो । म्याद गुज्रेका पेयपदार्थहरु नष्ट गरिएको खाद्य निरिक्षण इकाई चितवनका खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिए । पशुपती एग्रोभेट, शर्मा होटल, बराल कोल्ड स्टोर्स,अजिामला प्रोभिजनल स्टोर्स लगायतका पसल र होटलमा म्याद नाघेका पेयपदार्थ फेला पारेको थियो ।

त्यस्तै टोलीले रत्ननगरको तिनवटा चुक अमिलो उत्पादन गर्ने उद्योगहरुलाई अमिलो बिक्रीबितरण नगर्न निर्देशन दिएको छ । केहीदिन अघि भरतपुरमा अनुगमनको क्रममा चुक अमिलो उत्पादकले हानिकारक पदार्थ हालेर चुक अमिलो उत्पादन गरेको तथ्य फेला परेपछि प्रशासनले सम्पूर्ण अमिलो उद्योगहरुलाई अमिलो बिक्रीबितरण गर्न रोक लगाएको थियो । सोही अनुरुप रत्ननगरको आचार्य अमिलो , मनकामना अमिलो र पहाडी अमिलो उद्योगलाई पनि अमिलो बिक्रीबितरण गर्न रोक लगाइएकोे टोलीमा सहभागी उपभोक्ता अधिकार संरक्षण मंचका उपाध्यक्ष बिष्णु भुसालले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार