• होमपेज
  • समाचार
  • भारतमामा ढुंगाले च्यापेर एक नेपालीको मृत्यु

भारतमामा ढुंगाले च्यापेर एक नेपालीको मृत्यु

  • मङ्लबार, भदौ २७, २०७४
भारतमामा ढुंगाले च्यापेर एक नेपालीको मृत्यु

बैतडी,भदौ २७ –

ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् । सोमबार बेलुका भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर उनको घटनास्थलमै ज्यान गएको मृतकका आफन्त महेश भट्टले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागी धारचुलास्थित एक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने बताइएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार