• होमपेज
  • समाचार
  • ‘सिन्धुपाल्चोकमा गुणस्तरीय टेलिफोन सेवा पु¥याइने’- मन्त्री बस्नेत

‘सिन्धुपाल्चोकमा गुणस्तरीय टेलिफोन सेवा पु¥याइने’- मन्त्री बस्नेत

  • मङ्लबार, भदौ २७, २०७४
‘सिन्धुपाल्चोकमा गुणस्तरीय टेलिफोन सेवा पु¥याइने’- मन्त्री बस्नेत

मेलम्ची, भदौ २७ –

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको हरेक गाउँ र वडामा गुणस्तरीय टेलिफोन सेवा पु¥याइने बताउनुभएको छ ।

नेपाली काँग्रेस सिन्धुपाल्चोक ३ नं क्षेत्रीय कार्यसमितिले आयोजना गरेको सम्मान कार्याक्रममा उहाँले अहिलेजस्तो टेलिफोन सम्पर्कमा हुने समस्याको समाधान गर्न आफू छिटोभन्दा छिटो कटिबद्ध रुपमा लाग्ने बताउनुभयो ।

फरक प्रसंगमा मन्त्री बस्नेतले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समाजमा भिजेका तथा जनताले उपयुक्त र रुचाएका व्यक्तिलाई उम्मेदवार बनाएमात्रै काँग्रेसको जित हुने हुनाले राम्रो उम्मेदवार सिफारिस गर्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका क्षेत्रीय सभापति आइतमान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस सिन्धुपाल्चोकका सचिव झलक नेपाल, कोषाध्यक्ष पासाङ दोङ, नेता कान्छा लामालगायतले धारणा राख्नुभएको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार