काठमाडौं,भदौ २७ –
आइजीपी प्रकरणमा सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालको रिट खारेज गरेको छ । सरकारको निर्णय सदर गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले सिलवालको रिट खारेज गरेको हो । सिलवालको रिट खारेज भएसँगै नेपाल प्रहरीको आइजी नियुक्त भएका प्रकाश अर्याललाई थप सजिलो भएको छ ।