• होमपेज
  • समाचार
  • अब सामाजिक सुरक्षा भत्ता सिधै स्थानीय तहमा

अब सामाजिक सुरक्षा भत्ता सिधै स्थानीय तहमा

  • मङ्लबार, भदौ २७, २०७४
अब सामाजिक सुरक्षा भत्ता सिधै स्थानीय तहमा

काठमाडौं,भदौं २७-

सरकारले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ। यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आवबाट सिधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताए।

उनले स्थानीय तह नै स्थानीय सरकार भएकाले ती निकायमा सिधै सुरक्षा भत्ताको रकम पठाइने जानकारी समेत दिए। विभागले स्थानीय तहबाट सुरक्षा भत्ता पाउनेको विवरण प्राप्त हुनसाथ रकम पठाउने तयारी गरेको छ। अहिले सो भत्ता पाउनेको विवरण स्थानीय तहमा संकलन भइरहेको छ।

यस आवमा सामाजिक सुरक्षा भत्ताका लागि करिब रु ३६ अर्ब विनियोजन भइसकेको छ। गत आवमा २२ लाख ५५ हजार व्यक्तिलाई करिब रु ३५ अर्ब ४६ करोड वितरण गरिएको महानिर्देशक ठाकुरले बताए।

विभागले वर्षेनी तीन÷तीन महिनामा ज्येष्ठ नागरिक, बिधवा, अपांग, दलित, लोपोन्मुख र अति गरिबीको सुचांकमा परेका जिल्लाका बालबालिकालाई सो भत्ता वितरण गर्दै आएको छ। उक्त भत्ता पाउनेको नाममा दोहोरोपना आउन नदिन र भत्ता वितरणमा पारदर्शिता अपनाउनका लागि विभागले भत्ता पाउनेको नामवली अनलाइनमा राख्ने गरेकामा अहिलेसम्म १७ लाख ५० हजार व्यक्तिको नाम अनलाइनमा राखिएको महानिर्देशक ठाकुरले बताए। रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा