विरगन्ज,भदौं २४-
असोज २ गते हुन लागेको प्रदेश नम्वर २ को स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर फोरम लोकतान्त्रिकले चुनावी अभियान तिव्र पारेको छ । आज पार्टी अध्यक्ष विजय कुमार गच्छदारको उपस्थितिमा बारा र पर्सामा विशाल चुनावी सभाको आयोजना गरिएको छ । चुनावी सभामा हजारौको उपस्थिति रहेको थियो । गाडी,मोटरसाइकल सहितको र्याली विरगन्ज महानगरपालिका परिक्रमा गरिएको थियो भने विश्रामपुर,थेडा गाँउपालिका र बर्नियामा विशाल आमसभा आयोजना गरिएको छ ।
आजको सभा हेर्दा प्रदेश नम्वर २ का धेरै क्षेत्रमा फोरम लोकतान्त्रिक विजयी हुने केन्द्रीय सदस्य निरु कार्कीले वताउनु भयो । उहाँले मधेका मुद्धा समाधानमा फोरम लोकतान्त्रिक अग्रसर रहेकाले पनि जनलहर पार्टीको पक्षमा रहेको बताउनु भयो । सो अभियानमा पार्टी सभापति राजु गुप्ता, विद्यार्थी संगठनका वरिष्ठ उपाध्यक्ष कनैया ठाकुर लगाएतको सहभागिता रहेका थियो ।