एजेन्सी,भदौ २४ –
ब्राजिलका एक पूर्वमन्त्री बस्ने घरबाट पैसाले भरिएका सुटकेस भेटिएको छ । हाल नजरबन्दमा रहेका पूर्व मन्त्री गेडेल वियरा लिमाको घरमा प्रहरीले छापा मारेपछि ती सुटकेस भेटिएका हुन् ।
ब्राजिलको भ्रष्टाचारको आरोपमा नजरबन्दमा रहेका गेडेल वियरा लिमाको घरमा पैसाले भरिएका सुटकेस बरामद गरिएको हो ।
नोटले भरिएका ८ वटा सुटकेस र कार्डबोर्डका ५ प्याकेट बरामद गरेको ब्राजिलको प्रहरीले बताएको छ । आठ वटा सुटकेसमा भएको सबै पैसा गन्न रातभर लागेको समाचार माध्यमले बताएका छन् ।