• होमपेज
  • Uncategorized
  • भदौ ३० गते भरतपुर महानगरपालिकाको कार्यपालिका गठनका लागि मतदान हुने

भदौ ३० गते भरतपुर महानगरपालिकाको कार्यपालिका गठनका लागि मतदान हुने

  • शनिबार, भदौ २४, २०७४
भदौ ३० गते भरतपुर महानगरपालिकाको कार्यपालिका गठनका लागि मतदान हुने

सुवास पण्डित
चितवन,भदौ २४ –

भरतपुर महानगरपालिकाको नगरकार्यपालिका गठनका लागि भदौ ३० गते मतदान हुने भएको छ ।

सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे ३० गते नगरकार्यपालिका गठनका लागि निर्वाचन हुन लागेको जानकारी दिँदै उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै हुने जानकारी दिए । उनका अनुसार, २५ गते निर्वाचन चिह्न प्रकाशन गर्ने र भदौ ३० गते मतदान गर्ने कार्यतालिका तय भएको छ ।

नगरकार्यपालिकाका लागि भरतपुर महानगरमा चुनावी गठबन्धन गरेका कांग्रेस र माओवादी केन्द्रले पुनः गठबन्धन गरेका छन् । नगर कार्यपालिकाका गठन गर्न आठ पदका लागि निर्वाचन हुन लागेको हो ।

गठबन्धन अनुसार नेपाली कांग्रेसले पाँच र माओवादीले तीन पदमा सहमति गरेका छन् । महिला र दलित वा अल्पसंख्यक पदका लागि निर्वाचन गर्न लागिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । ५ महिला पदमा कांग्रेसले ४ र माओवादीले १ तथा दलित तथा अल्पसंख्यकतर्फ कांग्रेसले १ र माओवादीले २ पद लिने भएका छन् । नगर कार्यपालिकाका लागि बिहीबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए । कूल १४७ मतदाता रहेको भरतपुरको नगरकार्यपालिकाको निर्वाचनमा सबैभन्दा बढी एमालेका मतदाता रहेका छन् । एमालेको ७०, कांग्रेसको ६९ र माओवादीको जम्मा ८ मत रहेको छ । कुल २९ वडामा एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा अध्यक्ष पद जितेका थिए । गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह विजयी भएकी थिइन् ।

३९ सदस्यीय नगर कार्यपालिका गठनका लागि आवश्यक ८ जनाका लागि चुनाव हुन लागेको हो । मेयर र उपमेयर, २९ वडाकै वडाअध्यक्ष र ८ जना गरी कूल ३९ जनाको नगर कार्यपालिका रहने छ ।

Facebook Comments

सम्बन्धित समाचार