• होमपेज
  • समाचार
  • ७७ हजारमा भैंसी बेचेर नगर प्रमुखमा उम्मेदवारी

७७ हजारमा भैंसी बेचेर नगर प्रमुखमा उम्मेदवारी

  • शनिबार, भदौ २४, २०७४
७७ हजारमा भैंसी बेचेर नगर प्रमुखमा उम्मेदवारी

गौशाला,भदौ २४ –

महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् ।

जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिनुभएको हो ।

चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि रु ७७ हजारमा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

साउनको अन्तिम साता आएको बाढीले घर भत्केको र अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाट चुहिने गरेकोे अवस्थामा बसोबास गर्दै आएका अन्सारीले आफ्नो कुरा अरु नेताले नसुनिदिएपछि र आफूले भनेको काम कसैले नगराइदिएपछि आफूमा प्रमुख बन्ने चाहना पलाएको बताउनुभयो । ््

प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका मोतीका छिमेकीले उहाँको चुनावका लागि गाउँमा पाँच÷पाँच किलोका दरले चामल सहयोग दिएर कार्यकर्ताका लागि भोजभतेर ९खानपानको व्यवस्था० पनि गरिरहेको जनाएको छ ।

मोतीले आफू ईश्वरको भरोसामा चुनाव लडेको र सबै मतदाताले आफूलाई मत दिने आश्वासन दिएकाले आफू जित्ने विश्वाससमेत व्यक्त गर्नुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)