• होमपेज
  • समाचार
  • नवलपरासीको टाउन खोलामा पक्की पुल निर्माण हुने

नवलपरासीको टाउन खोलामा पक्की पुल निर्माण हुने

  • शनिबार, भदौ २४, २०७४
नवलपरासीको टाउन खोलामा पक्की पुल निर्माण हुने

नवलपरासी,भदौ २४ –

नवलपरासी गैँडाकोट नगरपालिका वडा नं १२ र १४ को सिमानास्थित टाउन खोलामा पक्की पुल निर्माण हुने भएकोे छ ।

पुल निर्माणका लागि गैँडाकोट नगरपालिकाले रु ९० लाख बजेट विनियोजन गरिएको छ । पुल निर्माणको काम शुरु भएको र यही आर्थिक वर्षमा पुल बन्ने गैँडाकोट–१२ का वडाध्यक्ष थिरबहादुर थनेतले बताउनुभयो ।

पुल नबन्दा गैँडाकोट–१२ का स्थानीयले धेरै सास्ती बेहोर्दै आइरहेका छन् । जोखिम मोलेर भएपनि बिद्यार्थीले विद्यालय जान खोला तर्नुपर्ने अवस्था रहेको गैँडाकोट–१४ का तिलबहादुर विकले बताउनुभयो । घरबाट बाहिर जाँदा खोला बढेको हुँदैन, घर फर्कदा खोला बढेर तर्न नसकेका धेरै घटना भएको विकले बताउनुभयो ।

पुलको अभावमा समयमा नियमित विद्यालय जान बिद्यार्थीलाई समस्या हुने गरेकाले पढाइसमेत बिग्रने गरेको अभिभावक सोमबहादुर विकले बताउनुभयो ।

खोलामा पुल नहुँदा विद्यार्थीलाई मात्र होइन, स्थानीयस्तरमा हुने व्यापार व्यवसाय र खरिदबिक्रीमा समेत समस्या आउने गरेकोे स्थानीय सावित्री हमालले बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा