• होमपेज
  • समाचार
  • सत्तामा ध्यान दिँदा काँग्रेस पछाडि प¥यो– नेता डा महत

सत्तामा ध्यान दिँदा काँग्रेस पछाडि प¥यो– नेता डा महत

  • शनिबार, भदौ २४, २०७४
सत्तामा ध्यान दिँदा काँग्रेस पछाडि प¥यो– नेता डा महत

भक्तपुर,भदौ २४ –

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली काँग्रेस पछाडि परेको बताउनुभएको छ ।

आज नेपाली काँग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले यहाँ आयोजना गरेको बिपी कोइरालाको १०४ आँै जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान राजनीतिक परिप्रेक्षमा बिपीको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।
नेता महतले स्थानीय निकायको पदाधिकारीले भत्ता, सेवा र सुविधामा मात्रै ध्यान दिने गरेको पाइएको बताउँदै विकास बजेटसमेत त्यसैमा सिद्धिने चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै काँग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता, कार्यकर्ता अगाडि बढ्नुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले पार्टीभित्रको अन्तर कलहलाई अन्त्य गरेर स्थानीय तहको समीक्षा गर्दै चुनावमा गए फेरि पनि काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बानियाँ, क्षेत्र नं १ का अध्यक्ष जीवन खत्री, क्षेत्र नं २ का अध्यक्ष नारायण खायमली, मध्यपुरथिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस मध्यपुर नगरसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतले आगामी मंसिरमा हुने प्रदेश र संसद्को निर्वाचनमा भक्तपुरमा काँग्रेस पहिलो पार्टी बनाउन आवश्यक रणनीति तय गरेर अगाडि जाने बताउनुभयो । रासस ९तस्बिर संलग्न छ ।०

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा