• होमपेज
  • समाचार
  • म.म. खाने प्रलोभनमा बलात्कार भईन ११ वर्षीय बालिका

म.म. खाने प्रलोभनमा बलात्कार भईन ११ वर्षीय बालिका

  • शनिबार, भदौ २४, २०७४
म.म. खाने प्रलोभनमा बलात्कार भईन ११ वर्षीय बालिका

मकवानपुर,भाद्र २४ –

११ वर्षिय बालिकालाई जबरजस्ती बलात्कार गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडानंम्बर ८ घर भई हाल हेटौडा ९ लामसुरे बस्ने २९ वर्षका श्रीराम कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । भदौ ३ गते नाबालिकालाई कार्कीले मम खान जाउँ भनी फक्काई फुल्याई रातोमाटे जङ्गलमा लगी जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिकाशराज खनालले बताए ।

फरार भएको घटना सम्बन्धमा निरन्तर मोटरसाइकल तथा निजको हुलियाको आधारमा अनुसन्धान गर्दै जाँदा लामो समयको कठिन अनुसन्धानपछी पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक मधुकर थापाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार