• होमपेज
  • Uncategorized
  • प्रदेश नम्बर २ मा चुनावः आज उम्मेदवारले चुनाव चिन्ह पाउने

प्रदेश नम्बर २ मा चुनावः आज उम्मेदवारले चुनाव चिन्ह पाउने

  • शनिबार, भदौ २४, २०७४
प्रदेश नम्बर २ मा चुनावः आज उम्मेदवारले चुनाव चिन्ह पाउने

काठमाडौं, भदौ २४ –

निर्वाचन आयोगले प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि उम्मेदवारलाई शनिबार चुनाव चिन्ह वितरण गर्दैछ । बिहान ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

चुनाव चिन्ह पाएपछि उम्मेदवारले प्रचारलाई अझै तीब्र बनाउने छन् । अहिले पनि प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ वटै स्थानीय तहमा बिहानैदेखि उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।

यसैबिच निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि कार्यतालिका हेरफेर गर्न समस्या पर्ने जनाएको छ ।

कम मात्र समय रहेको र अझैसम्म पनि कुन प्रदेशमा कति उम्मेदवार र दलले चुनावमा भाग लिने भन्ने टुंगो लागि नसकेकाले आयोगले मोटामोटी रुपमा तयार पारेको निर्वाचन कार्यतालिका हेरफेर गर्न गाह्रो पर्ने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

जनक शिक्षा केन्द्रका सीमित मेशिनले मतपत्र छाप्नुपर्ने भएकाले समयमै छाप्न नथाले मतपत्र छापिनसकिने भएकाले त्यसै अनुसार चुनावी कार्यक्रम तय गरिएको पनि प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार