• होमपेज
  • Uncategorized
  • चितवनमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाईने

चितवनमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाईने

  • शुक्रबार, भदौ २३, २०७४
चितवनमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाईने

चितवन,भदौं २३-

डेंगु रोग नियन्त्रणको लागी पूर्वीचितवनमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गरिने भएको छ । पूर्वी चितवनको खैरहनी र रत्ननगर नगरपालिकाको केही वडाहरुमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान संचालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम कुमार केशीले जानकारी दिए । डेंगु रोगको प्रकोप फैलन नदिन भदौ २६,२७ र २८ गते लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान संचालन गर्न लागिएको केशीले बताए ।

अभियान अन्र्तगत खैरहनीको ६,८ र ९ नम्वर वडा तथा रत्ननगरको १,२,३,४,१०,११,१२ र १३ नम्वर वडाको घरघरमा पुगी लामखुट्टेको लार्भा नष्ट गरिने छ ।

डेंगु रोग नियन्त्रणको लागी लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियानको तयारी गोष्ठी एवंम् अभिमुखीकरण कार्यक्रम शुक्रबार खैरहनीमा भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र खैरहनी नगरपालिकाको आयोजनामा अभियानको तयारीका लागि शुक्रबार गोष्ठी तथा अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम कुमार केशीले चितवनमा डेंगुको अवस्था र अभियान संचालनका बारे सहजीकरण गरेका थिए । कार्यक्रममा खैरहनी नगरपालिकाका उपप्रमुख सुनिता थपलियाले रोगबाट वच्नका लागि नगरवासी स्वयम सचेत रहनु पर्ने वताईन् । कार्यक्रम खैरहनी नगरपालिकाको वडा न ६ का वडाध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार