• होमपेज
  • समाचार
  • गुण्डा तह लगाउन प्रहरीले स्थापना गर्‍यो ‘डन सेल’

गुण्डा तह लगाउन प्रहरीले स्थापना गर्‍यो ‘डन सेल’

  • शुक्रबार, भदौ २३, २०७४
गुण्डा तह लगाउन प्रहरीले स्थापना गर्‍यो ‘डन सेल’

सिन्धुली,भदौं २३-

गुण्डागर्दी गर्ने डनहरुलाई तह लगाउन सिन्धुली प्रहरीले कार्यालय भित्रै ‘डन सेल’को स्थापना गरेको छ। भर्खरै सरुवा भएर सिन्धुली आएका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले गुण्डागर्दी र दादागिरी गर्नेहरुलाई तह लगाउन जिल्ला प्रहरी कार्यालयमा ‘डन सेल’ स्थापना गरिएको बताए। शुक्रबार सिन्धुलीमाढीमा प्रहरीले आयोजना गरिएको नागरीक सुनुवाईमा प्रहरी उपरीक्षक केसीले भने, ‘समाजमा दादागिरी देखाउँदै गुण्डागर्दी गर्ने डनहरुलाई तह लगाउन सिन्धुली प्रहरी कार्यालयमा ‘डन सेल’को स्थापना गरिएको छ।’

गुण्डागर्दीका नाममा समाजको शान्ती सुरक्षामा खलल पुर्‍‍याउन खोज्नेलाई पक्राउ गरी डन सेलले आवश्यक अनुसन्धान गरी कारबाही गर्ने उनको भनाइ छ। ‘यसका लागि प्रहरीले आवश्यक तयारी गरेको छ। जिल्लामा स–साना झुण्डमा रहेको गुण्डादेखि राष्ट्रिय रुपमा अपराध गर्दै आएका डनहरुको वर्गीकरण गरी उनीहरुलाई नियन्त्रणमा लिने र कारबाही गरिनेछ,’ उनले भने। दशैं नजिकिदैँ जाँदा जल्लामा अपरासधक घट्नाहरु बढेपछि यस्ता क्रियाकलापलाई न्यूनीकरण गर्न विशेष योजना बनाएर डन सेल सञ्चालन गरिएको उनले बताए। पछिल्लो समय मादक पदार्थ र दुव्र्यसनीको प्रयोग गरेर युवा–युवतीबाट अमर्यादित गतिविधिहरु गर्ने क्रम बढेको उनले बताए। प्रहरीका अनुसार पछिल्लो ३ वर्षयता जिल्लामा अपराधिक घट्नाहरु बढ्दै गएका छन्।

गत आर्थिक वर्ष २०७१÷०७२ मा २ सय १० वटा अपराधिक घटना घटेकामा आर्थिक वर्ष २०७२÷०७३ मा बढेर २ सय २९ वटा पुगेको छ। पछिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा यो क्रम २९ प्रतिशतले बढ्दै २ सय ८१ पुगेको छ। गुण्डाबाट जिल्लामा कुनैपनि घटना घटे प्रहरीले थाहा पाएको १० मिनेट भित्र घटनास्थल पुग्ने गरी प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ। जिल्लामा पछिल्लो समय मदिरा तथा दुव्र्यसनीका कारण महिला तथा बालबालिकाहरु माथि जघन्य अपराधहरु हुन थालेपछि विशेष निगरानी थालेको प्रहरीको दाबी छ। यस्तै सडक सुरक्षा तथा चाडवाडका बेला हुने चोरी डकैतीका घट्नाहरुलाई नियन्त्रण गर्न प्रहरीले ‘चाडवाड विशेष सुरक्षा’ योजना पनि बनाएको छ। यसअघि ‘मुस्कान सहितको प्रहरी सेवा’ भन्ने नारा दिँदै आएको प्रहरीले जिल्लामा ‘सुधार आफैबाट गरौ’ु भन्ने नारालाई अघि सारेको छ।

‘प्रहरीले आफैबाट आचरण सुधार गर्दै नागरिकसँगको सम्बन्धलाई सुमधुर बनाउन सके नागरिक र प्रहरीबीचको शान्ति सुरक्षालाई राम्रो बनाउन सकिनेछ। यसका लागि प्रहरीले सुधार आफैबाट गरौं भन्ने कार्यक्रम लिएर नागरिकसम्म आउँदै छौं,’ डिएसपी विनोद शर्माले भने। जिल्लामा घरेलु मदिरा उत्पादन, बेचविखन, लागुपदार्थको ओसार पसार र प्रयोगमा कमी ल्याउन ४० बुँदे विशेष योजनाका साथ काम थालिएको शर्माको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार