• होमपेज
  • Uncategorized
  • वीरगञ्ज महानगरमा मनोनयन दर्ता जारी, एमाले र माओवादीले मनोनयन दर्ता गर्‍यो

वीरगञ्ज महानगरमा मनोनयन दर्ता जारी, एमाले र माओवादीले मनोनयन दर्ता गर्‍यो

  • बुधबार, भदौ २१, २०७४
वीरगञ्ज महानगरमा मनोनयन दर्ता जारी, एमाले र माओवादीले मनोनयन दर्ता गर्‍यो

प्रदीप मल्ल,

वीरगञ्ज, भदौं २१–

प्रदेश नं.२ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आज मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । प्रदेश नम्बर २ मा रहेको एक मात्र महानगरपालिका वीरगञ्जमा चुनावी रौनक व्यापक छाएको छ ।

वीरगञ्ज महानगरलगायतका स्थानीय तहमा विहान १० बजेदेखि उम्मेद्वार मनोनयन दर्ता भईरहेको छ । वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेबाट मेयरमा बसरुदिन अन्सारी र उप–मेयरमा सोफिया आचार्यले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै माओवादी (केन्द्र)बाट मेयरमा रहबर अन्सारी, उपमेयरमा दुर्गा देवीको उम्मेद्वारी दर्ता भएको छ भने संघीय समाजवादी फोरम नेपालबाट मेयरमा विजय सराजी, उपमेयरमा पिंकी यादव, समृद्ध मधेस नागरिक अभियान पार्टीबाट मेयरमा मोहम्मद रजम, नेपाली जनता दलबाट मेयरमा मनोजकुमार रौनियार, मेयरमा स्वतन्त्र तर्फ लक्ष्मण शाह, अमोद कुमार, विकास यादव, पिस्तु राउत बरई, देवकी लाल शाहले उम्मेद्वारी दर्ता गराएका छन् ।

अझै पनि उम्मेद्वारहरु मनोनयन दर्ताका लागि लाईनमा लागेका छन् । वीरगञ्जमा नेपाली काँग्रेस, राजपालगायतका दलहरुले उम्मेद्वारी दर्ता गराउन बाँकी छ ।

पर्सा जिल्लामा एक महानगर, ३ नगरपालिका र १० गाउँपालिका गरि कुल १४ वटा स्थानीय तह रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार