• होमपेज
  • समाचार
  • बारामा ६६ वटा मतदान स्थल अति संवेदनशील

बारामा ६६ वटा मतदान स्थल अति संवेदनशील

  • बुधबार, भदौ २१, २०७४
बारामा ६६ वटा मतदान स्थल अति संवेदनशील

दुष्यन्त चौधरी,

बारा, भदौं २१–

प्रदेश नम्बर २ अन्तरगत रहेको बारा जिल्लामा तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ६६ वटा मतदान स्थललाई अति संवेदनशीलको रूपमा लिईएको छ। छिमेकी देश भारतसँग बारा खुल्ला सिमा रहेकाले भारतसँग टासिंएको मतदान स्थललाई अति संवेदनशीलको रूपमा लिएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए ।

जिल्लामा चार सय ५८ मतदान केन्द्र रहेका छन् भने तिन सय ३ वटा मतदान स्थल रहेका छन् । जसमध्ये ६६ वटा अति संवेदनशील, एक सय २८ वटा संवेदनशील तथा एक सय ९ वटा मतदान स्थललाई सामान्य रूपमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक साहले बताए । उनका अनुसार निर्वाचन चाहिने जन शक्ति बाहिरबाट मगाई सम्बन्धित मतदान केन्द्रहरूमा समेत खटाई सकिएको छ ।

निर्वाचनलाई मर्यादित बनाउनका लागि जिल्लामा दुई हजार छ सय ८६ जना थप प्रहरी परिचालन गरि जिल्लामा तिन हजार दुई सय ९३ जना प्रहरी परिचालन गरिएका प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए । साथै दुई सय ७३ जना प्रहरीलाई मोबाइल तथा २० जना प्रहरीलाई रिजर्भको रूपमा खटाउन जिल्ला प्रहरी कार्यालय बाराले व्यवस्थापन गरेका छन् ।

अति संवेदनशील मतदान केन्द्रहरूमा अपराधिक गतिविधि हुने आशंकाले गर्दा २४ घण्टा सादा पोसाकको प्रहरी परिचालन गरिएका छन् । स्थानीय तहको निर्वाचनलाई नै लक्षित गरि चोकचोकमा प्रहरीले सवारी चेकपोस्ट स्थापना गरि चेकजाँचलाई कडाइ गरिएका छन् । चेकजाँच मै कडाइ गरेका कारणले नै केहि दिन अगाडि मात्र ठुलो मात्रामा बिस्पोटक पदार्थ बरामद गरिएको उनले दावी गरे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रव्क्ता साहका अनुसार भारतसँग खुल्ला नाका रहेकाले अपराधीहरू जिल्ला आइ बस्ने सक्ने आशंकाले गर्दा नियमितरूपमा होटल, लज तथा मदिरा भट्टी पसलमा कडाईका साथ निगरानी गरिएको छ ।

साथै प्रहरीले चेकजाँच गर्दा निर्धक्कका साथ चेकजाँच गर्नदिन समेत आग्रह गरे । प्रहरीलाई आशंका लागेका जुन सुकै स्थान चेकजाँच गर्न खोज्दा प्रहरी मेरो साथी भनि बाराबासीहरूले चेकजाँच गर्न दिनुपर्ने प्रहरी नायब उपरीक्षक साहले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार