• होमपेज
  • Uncategorized
  • यू १६ बास्केटबल च्याम्पियनसिप– नेपालले भुटानको सामना गर्दै

यू १६ बास्केटबल च्याम्पियनसिप– नेपालले भुटानको सामना गर्दै

  • बुधबार, भदौ २१, २०७४
यू १६ बास्केटबल च्याम्पियनसिप– नेपालले भुटानको सामना गर्दै

काठमाडौं,भदौ २१ –

नेपाली युवा टोलीले भुटानसँग खेल्दै तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ पुरुष बास्केटबल छनोट च्याम्पियनसिपमा यात्रा सुरु गर्दैछ । दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको पहिलो दिन मंगलबार नेपालबाहेक सबै टोलीले प्रतिस्पर्धा गरिसकेका छन् । जसमा भारत र बंगलादेश विजयी भएका थिए । बंगलादेशले भुटानलाई ११७–४३ ले र भारतले माल्दिभ्सलाई १५२–१७ ले पराजित गरेको थियो ।

प्रतियोगिताको औपचारिक उद्घाटन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज हुने नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी दिएका छन् ।

आज हुने खेलमा नेपालले जितको अपेक्षा राखेको छ । नेपाली टोलीका प्रशिक्षक रविन्द्र महर्जनले भारत बलियो टोली रहेको र अन्य टोलीलाई हराउन प्रयास गरिने बताएका थिए । नेपाली टोलीमा रहेका १२ खेलाडी पहिलो पटक कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछन् । नेपालको खेलअघि भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली युवा टोली

अनिष बस्नेत, चिरञ्जिवी रोकाया, सन्तोष दाहाल खत्री (कप्तान), सगुन राई, सतिश लामा, अभिषेक सिंह, निखिल डंगोल, विक्रम बानियाँ, सुरेश विके, आशिष भुजेल, सुजन लिम्बु र आकृष्ट शाही

रविन्द्र महर्जन (मुख्य प्रशिक्षक), आशिष केसी (सहायाक प्रशिक्षक), विष्णुहरि त्रिपाठी (व्यवस्थापक)

Facebook Comments

सम्बन्धित समाचार