• होमपेज
  • समाचार
  • क्यानका पूर्व अध्यक्ष शाहको निधन

क्यानका पूर्व अध्यक्ष शाहको निधन

  • बुधबार, भदौ २१, २०७४
क्यानका पूर्व अध्यक्ष  शाहको निधन

काठमाडौं,भदौ २१ –

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको बुधबार निधन भएको छ । उपचारका क्रममा नर्भिक अस्पतालमा शाहको निधन भएको हो ।

४० वर्ष क्यानको नेतृत्व गरेका शाहले क्यानको विशेष साधारणसभाको उद्घाटन गरेका थिए । ८९ वर्षको उमेरमा निधन भएका शाहले नेपाली क्रिकेटको विकासमा विशेष योगदान दिएको मानिन्छ । शाह एसियन क्रिकेट काउन्सिल (एसीसी) का उपाध्यक्ष समेत रहिसकेका थिए ।

शाहले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट लाईफटाइम सर्भिस अवार्ड पाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार