• होमपेज
  • समाचार
  • ब्यापक आलोचनापछी नेपाल आइडलमा भोट गर्दा पैसा नलाग्ने

ब्यापक आलोचनापछी नेपाल आइडलमा भोट गर्दा पैसा नलाग्ने

  • बुधबार, भदौ २१, २०७४
ब्यापक आलोचनापछी नेपाल आइडलमा भोट गर्दा पैसा नलाग्ने

काठमाडौं,भदौं २१-

ब्यापक आलोचना भएपछी रियालिटी शो नेपाल आइडलमा भोट गर्दा यो हप्ता पैसा नलाग्ने आयोजकले बताएको छ । गत हप्ताको नो एलिमिनेसन एपिसोड कार्यक्रमको फरम्याट अनुसार नै भएको बताउँदै सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिंगको व्यवस्था गरेको जनाएको छ ।

नेपाल आइडलको एप डाउनलोड गरेर मन परेको नेपाल आइडलका प्रतियोगीलाई पाँचपल्टसम्म भोट दिन सकिने आयोजकले जनाएको छ । साथै कार्यक्रमका बारेमा केही गुनासा जिज्ञासा भए सभ्य र शीष्ट भाषामा राख्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । नेपाल आइडलमा अहिले चार प्रतियोगी बाँकी रहेका छन् ।

बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भटटराईमध्ये आउँदो शुक्रबार एक जना बाहिरिनेछन् । नेपाल आइडलको ग्रान्ड फिनाले सेप्टेम्बर २२ मा कतारमा हुने भएको छ । फिनालेमा टप १२ मा पुगेका सबै प्रतियोगीको सहभागिता रहने आयोजकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार