• होमपेज
  • समाचार
  • भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

  • बुधबार, भदौ २१, २०७४
भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको गोली हानी हत्या

एजेन्सी, भदौ २१ –

भारतमा वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ । दक्षिणपन्थीको कडा आलोचक रहेकी पत्रकार लंकेशको मंगलबार बेलुका गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुका बेंगलुरुमा रहेको घर फर्किँदै गर्दा लंकेशमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँमाथि गोली किन हानिको हो भन्ने बारे अहिले नै केही भन्न नसकिने बेंगलुरुका पुलिस कमिश्नर सुनील कुमारले बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।

गौरीले लंकेश पत्रिका मार्फत कम्युनल हार्मोनी फोरमलाई साथ दिँदै आउनुभएको थियो । लंकेश पत्रिका उहाँका पिताले ४० वर्षअघि सुरु गर्नुभएको थियो । गौरी अहिले त्यसको सञ्चालक हुनुहुन्थ्यो । मंगलबार बेलुका राज राजेश्वरीमा रहेको घरको ढोका खोल्दै गर्दा गौरीमाथि गोली प्रहार भएको एक प्रहरी अधिकारीले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि