• होमपेज
  • समाचार
  • टुक्रिएको रुकुम ७७ औ जिल्ला बनेपछि पूर्वी रुकुमवासी हर्षित

टुक्रिएको रुकुम ७७ औ जिल्ला बनेपछि पूर्वी रुकुमवासी हर्षित

  • मङ्लबार, भदौ २०, २०७४
टुक्रिएको रुकुम ७७ औ जिल्ला बनेपछि पूर्वी रुकुमवासी हर्षित

रुकुम,भदौं २०-

स्थानीय तहको निर्वाचन हुनुपूर्व सरकारले रुकुमलाई टुक्राएपछि आक्रोशित भएका रुकुमवासीहरुले अहिले भने खुसी भएका छन् । भदौ ५ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा ७७ जिल्ला बनाउने निर्णय गरेसँगै पूर्वी रुकुमबासीहरु खुशी भएका हुन् ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको पुरानो रुकुमको सदरमुकाम २०३० सालमा मुसिकोट नगरपालिकामा सारेपछि आफुहरु अन्यायमा परेको भन्दै आक्रोशित बनेका थिए । अहिले सरकारले आफुहरुको मागको सम्बोधन गरिदिएको भन्दै सरकारप्रति आभार व्यक्त गरिरहेका छन् ।

पूर्वी रुकुम टुक्र्याएको भन्दै संविधान घोषणा हुँदा स्थानीयवासीले ११ दिनसम्म जिल्ला बन्द गराएका थिए । तर पनि पश्चिम रुकुमलाई ६ नम्बर प्रदेशमा र पूर्वी रुकुमलाई ५ नम्बर प्रदेशको अनुसूचीमा राखेर संविधान जारी भएको थियो । संविधान जारी भएपछि छुट्टै जिल्ला बनाउन माग गर्दै आएका स्थानीयवासी अहिले सरकारले आफुहरुको मागको सम्बोधन गरिदिएकोमा खुसी भएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा बताउनु हुन्छ ।

सरकारले नयाँ जिल्लाको रुपमा पूर्वी रुकुमलाई घोषणा गरेर न्याय गरेको र अब जतिसक्दो छिटो त्यहाँ कर्मचारी व्यवस्थापन र प्रशासनिक कामको सुरुवात गर्नुपर्ने स्थानीयवासीको माग छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)