• होमपेज
  • Uncategorized
  • विमानमा चरा ठोक्किएपछि…….

विमानमा चरा ठोक्किएपछि…….

  • मङ्लबार, भदौ २०, २०७४
विमानमा चरा ठोक्किएपछि…….

टोकियो,भदौ २० –

जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।

जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ ।
हानेदा विमानस्थलबाटै बिहान उडेको बोइङ ७७७ विमानमा चरा ठोक्किएपछि इन्जिनमा असर परेको थियो । सो विमान उक्त विमानस्थलमा आकस्मिक अवतरण गरेको र त्यस क्रममा देब्रे तर्फको इन्जिनबाट धुवाँ पनि निस्किएको बताइएको छ ।
उक्त एउटा इन्जिनको प्रयोगगरी विमान आकस्मिक रुपम विमानस्थल पुगेको विमानचालक दलका सदस्यले जानकारी दिएका छन् ।
सो विमानले २५० जना यात्रु बोकेको थियो । जापानको सरकारी टेलिभिजन एनएचकेले दिएको जानकारीअनुसार सो विमानमा रहेका सबै जना चालक दलका सदस्य र यात्रुहरु सकुशल रहेका छन् ।
कसैलाई पनि चोटपटक नलागेको समाचारहरुमा जनाइएको छ । अहिले नै के कति कारणले इन्जिन फेल भयो भन्ने बारेमा त केही भनिएको छैन ।
तर पनि विमानमा चरा ठोक्किएको कारण इन्जिनमा असर परेको हुनसक्ने अनुमान गरिएको प्रारम्भिक समाचारमा जनाइएको छ । – रासस/सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार