• होमपेज
  • समाचार
  • काँग्रेसले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सकेन : पोखरेल

काँग्रेसले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सकेन : पोखरेल

  • मङ्लबार, भदौ २०, २०७४
काँग्रेसले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सकेन : पोखरेल

काठमाडौं, भदौ २० –

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेशमा पनि कांग्रेसले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर माओवादी र मधेशवादी दलसँग तालमेलको प्रस्ताव लिएर दौडिरहेको बताएका छन् ।
मंगलबार प्रदेश २ का स्थानीय तहका उम्मेदवार घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले प्रदेश २ को स्थानीय चुनाव कमाण्ड गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली सहितका शीर्ष नेताहरु बुधवारदेखि नै मधेश झर्ने जानकारी समेत दिए ।
उनले एमालेविरुद्ध मधेशमा भ्रम फैलाइएको बताउँदै एमालेले त्यसलाई चिर्न पार्टी पंक्ति सफल भएको बताए । पोखरेलले प्रदेश नम्बर २ मा पनि एमाले पहिलो पार्टी बन्ने दावी पनि गरे ।

Facebook Comments

सम्बन्धित समाचार