• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रेसिडेन्ट ग्रुपको नयाँ रेष्टुरेन्ट काठमाडौंमा

प्रेसिडेन्ट ग्रुपको नयाँ रेष्टुरेन्ट काठमाडौंमा

  • मङ्लबार, भदौ २०, २०७४
प्रेसिडेन्ट ग्रुपको नयाँ रेष्टुरेन्ट काठमाडौंमा

काठमाडौँ, भदौं २०–

प्रेसिडेन्ट ग्रुप अफ होटलको लगानीमा काठमाडौँस्थित रविभवनमा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ ।

प्रेसिडेन्टको सातौँ आउटलेटका रुपमा प्रेसिडेन्ट रेन्टुरेन्ट एण्ड सेकुवा रविभवन सञ्चालनमा आउन लागेको हो । काठमाडौँको सुन्धारमा मूख्य कार्यालय रहेको यस ग्रुपले पूर्ण पारिवारिक तथा कर्पोरेट हाउसलाई लक्षित गरि प्रेसिडेन्ट रेन्टुरेन्ट एण्ड सेकुवा सञ्चालनमा ल्याउन लागेको ग्रुपका प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए ।

झण्डै १ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आउन लागेको फाईन डाईनिङ्ग रेष्टुरेन्टमा नेपाली, ईन्डीयन, कन्टीनेटल, चाईनिज र ईटलियन स्वादका विभिन्न परिकारहरु एकै ठाउँमा ग्राहवर्गहरुले पाउने उनले बताए ।

यस्का साथै यहाँ सेकुवाको वास्तविक स्वाद र विभिन्न पारिकारले यस रेष्टुरेन्टको फरक पहिचान हुने उनको दावी छ । यस क्षेत्रबाट शान्त मनोरम कंलकी क्षेत्रको दृश्यावलोकन, तत्कालिन शाहकालिका राजपरिवारकोसँग जोडिएको रविको दरबार हेर्न मिल्ने, स्वम्भु तथा शिवपुरी क्षेत्र रुफटमबाट हेर्न पाईने व्यवस्था हुनु यस रेष्टुरेन्टको थप पहिचान हो ।

यस्तै गीतसंगीतका पारखी ग्राहकवर्गहरुलाई मध्यनजर गर्दै क्यारोओके सिस्टमको सांगीतिक रुमको समेत व्यवस्था छ । २०६३ सालबाट सञ्चालनमा आएको ग्रुपले काठमाडौँमा ६ र लुम्बीनीमा एउटा होटल सञ्चालन गरिएको छ । साथै निकट भविष्यमा चितवन र पोखरामा समेत आफ्नो नयाँ शाखा विस्तार गर्ने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा