• होमपेज
  • समाचार
  • मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

  • मङ्लबार, भदौ २०, २०७४
मिथिला क्षेत्रमा सोह्रश्राद्ध सुरु

बर्दिवास, भदौ २० –

भाद्र पूर्णिमासँगै आजै असोज कृष्ण प्रतिपदा लाग्ने भएपछि महोत्तरीसहितका मिथिला क्षेत्रमा सोह्रदिने पितृपक्ष९सोह्रश्राद्ध० शुरु भएको छ । दशैँ, तिहार र छठसहितका राष्ट्रिय महत्वका चाडबाडअघि असोज कृष्णपक्षभरि पितृलाई तृप्त गराउने परम्परानुसार आज यस क्षेत्रका धार्मिक महत्वका ताल, तलाउ र नदीतटमा पितृलाई तर्पण दिनेको घुइँचो बढेको छ ।

पितृपक्ष शुरु भएसँगै बलवा नगरपालिकाको धमौरास्थित ध्रुवकुण्ड, मटिहानीस्थित लक्ष्मी सर, जलेश्वर नगरपालिकाको जलेश्वरस्थित भार्गव सर, वरुण सर र पुरन्दर सरसहितका तलाउमा तर्पण दिनेको निकै छ । मैथिल समुदाय आफ्ना पितृलाई तर्पण दिन धार्मिक महत्वका तलाउ पुगेसँगै यजमानी पेशाका पुरोहितलाई संकल्प पढिदिन भ्याइनभ्याइ परेको देखिन्छ ।

यसबाहेक बर्दिबास नगरपालिकाको राइमण्डल धार्मिक क्षेत्र, टुटेश्वरधाम नजिकको बाँके नदी तट र रातु नदी किनारमा पनि तर्पण दिनेहरु भरिभराउ देखिएका छन् । भाद्र पूर्णिमादेखि असोज औँसीसम्मका सोह्र तिथिसम्मको अवधिलाई पितृपक्ष मानिने हिन्दू परम्परानुसार आजै यस पक्षमा गरिने पार्वण र एकोपार्वण विधिका श्राद्ध गर्न थालिएको छ ।

आज सूर्योदयपछि १५ घडी ५५ पलाको भोगसँगै पूर्णिमा सकिएर असोज कृष्ण प्रतिपदा शुरु हुने भएकाले पूर्णिमा तिथिमा गरिने श्राद्ध मध्याह्नअघि र प्रतिपदा तिथिको श्राद्ध मध्याह्नपछि गरिने बर्दिवास–२ का बासिन्दा कर्मकाण्डका ज्ञाता पुरोहित दिनेशकुमार झाले जानकारी दिनुभयो । पितृपक्षमा एकैदिन धेरै ठाउँमा पार्वण श्राद्ध गरी दिनुपर्ने हुँदा समय व्यवस्थापनमा भ्याइनभ्याइ भएको पुरोहित झाले बताउनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने