• होमपेज
  • Uncategorized
  • चनौलीमा व्यवसायिक बाख्रापालन तालिम तथा निशुःल्क औषधि वितरण

चनौलीमा व्यवसायिक बाख्रापालन तालिम तथा निशुःल्क औषधि वितरण

  • सोमवार, भदौ १९, २०७४
चनौलीमा व्यवसायिक बाख्रापालन तालिम तथा निशुःल्क औषधि वितरण

चितवन,भदौं १९-

नारायणगढ रोटरी क्लब, नारायणगढ रोट¥याक्ट क्लब र ईन्टरनेशनल भेटेरिनरी स्टुडेन्ट्स एशोसियसन, रामपुरको संयुक्त आयोजनामा रातापुर मावि चनौलीमा २ दिने व्यवसायीक बाख्रा पालन तालिम तथा निशुःल्क औषधि वितरण गरिएको छ । उक्त कार्यक्रममा ४० बाख्रापालक महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रमका सभापति एवम् नारायणगढ रोटरी क्लबका अध्यक्ष नारायण प्रधानले महिलाहरूको आर्थिक विकासका लागी सामुदायिक कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा श्रोत व्यक्तिको रूपमा डा. भूमिनन्द देवकोटा, डा. निरज श्रेष्ठ र डा. अस्मिता श्रेष्ठ रहनुभएको थियो । विशिष्ट अतिथि डा. रेवन्त भट्टराई, नारायणगढ रोट¥याक्ट क्लबका अध्यक्ष निशा प्रधान, रातापुर मा.वि.का प्रिन्सिपल लोकप्रसाद चापागाईँ र नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष सञ्जय श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो । रोट¥याक्टर सविना श्रेष्ठ, रन्जिता वास्तोला र रोटरियन रमेश श्रेष्ठ संयोजक रहनु भएको सो कार्यक्रममा प्रमुख अतिथि एवम् क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले सहभागिहरूलाई प्रमाण–पत्र वितरण गर्नु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार