चितवन,भदौं १९-
अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्थाले पाचौं वाषिक साधरण सभा सम्पन्न गरेको छ । आज नारायणागढमा एक कार्यक्रम गरेर संस्थाले आफ्नो बार्षिक साधरणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भिमलाल न्युरेको अध्यक्षतामा सम्पन्न साधरण सभामा संस्थाका सचिब अमृत जोशिले वार्षीक प्रतिबेदन तथा कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
२०६९ सालमा ४४ जना अटोमोवाईल व्यवसायीले शुरु गरेको सहकारीमा हाल १ सय ८८ जना शेयर सदस्य रहेको संस्थाका उपाध्यक्ष कृष्णप्रसाद काफ्लेले जानकारि दिए । संस्थाले बिशेष गरेर आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तालिमलाई जोड दिने भएको छ ।सामाजिक कार्य अन्र्तरगत रक्तदान,स्वास्थ शिविर लगाएतका काम गर्न संस्थाले जानकारी दिएको छ ।संस्थाका अध्यक्ष न्युरेको अध्यक्षतामा समपन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराई ,अटोमोवाईल एशोसियसनका अध्यक्ष कृष्णप्रसाद काफ्ले,लगाएतले बोलेका थिए ।
यसैबिच संस्थाले अटोमोवाईल एशोसियसन चितवनको १६औ साधरणसभा तथा अधिबेशनबाट निर्बाचित अध्यक्ष कृष्ण प्रसाद काफ्ले लगाएत नयाँ कार्यसमितिलाई सम्मान गरेको छ ।