• होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकको हेलम्बुमा हम्मरले हान्दा चौधरीको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बुमा हम्मरले हान्दा चौधरीको मृत्यु

  • सोमवार, भदौ १९, २०७४
सिन्धुपाल्चोकको  हेलम्बुमा हम्मरले हान्दा  चौधरीको  मृत्यु

मेलम्ची, भदौ १९ –

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा दुईपक्षबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

जयबागेश्वरी माध्यमिक विद्यालयको निर्माणाधीन भवनमा मजदुरीको काम गर्ने सुजन चौधरी र विशाल चौधरीबीच झगडा हुँदा गएराति विशाल चौधरीको मृत्यु भएको हो ।

अध्यधिक मादक पदार्थ सेवन गरेका दुवैबीच सामान्य भनाभनपछि बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका–७ स्थायी घर भएका १८ वर्षीय सुजन चौधरीले हम्मरले टाउकामा हान्दा सोही स्थान घर भएका २० वर्षीय विशाल चौधरीको घटनास्थलमै मृत्यु भएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

घटनास्थल पुगेको प्रहरी टोलीसमक्ष अभियुक्त सुजनले आफूले विशालको हत्या गरेको स्वीकारेका छन् । प्रहरीले चौधरी र हत्यामा प्रयोग गरिएको हम्मर बरामद गरेको छ ।

शव परीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा ल्याइएको र आफन्त आएपछि शव जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि