• होमपेज
  • समाचार
  • आणविक परीक्षणपछि उत्तर कोरियासँग चीन रिसायो

आणविक परीक्षणपछि उत्तर कोरियासँग चीन रिसायो

  • सोमवार, भदौ १९, २०७४
आणविक परीक्षणपछि उत्तर कोरियासँग चीन रिसायो

एजेन्सी,भदौं १९-

अन्तर्राष्ट्रिय समुदायको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गर्यो।

यस समाचारलाई संसारका समाचार समितिहरुले आइतबार बिहानदेखि नै निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका गरे। उनीहरुले यो घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा भएको टिप्पणी पनि समाचारमा गरेका छन्।

यस अघि उत्तर कोरियालाई सधै साथ दिइरहेको चीनले यस पटक भने साथ नदिने देखिएको छ। उत्तर कोरियाले राष्ट्रसंघद्वारा पारित प्रस्तावहरू मान्नुपर्ने र परमाणु कार्यक्रम रोक्नुपर्नेमा चीनले जोड दिएको छ। चिनियाँ विदेश मन्त्रालयद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्तर कोरियाले बढदो चासो र चिन्ताका बीच फेरि परमाणु बम परीक्षण गरेको छ। यस्तो कदमको चीन दृढतापूर्वक विरोध र निन्दा गर्छ।’

उत्तर कोरियाको पछिल्लो कदम प्रति अमेरिका, जापान, बेलायत, दक्षिण कोरिया लगायत पनि रुष्ट देखिएका छन्।

Facebook Comments

सम्बन्धित समाचार