• होमपेज
  • समाचार
  • काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

  • सोमवार, भदौ १९, २०७४
काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

महेन्द्रनगर (धनुषा),भदौ १९ –

असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले वटा १८ मध्ये १२ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

एक उपमहानगरपालिकासहित १८ वटा स्थानीय तह रहेको धनुषामा १२ वटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला सभापति रामसरोज यादवले जानकारी दिनुभयो ।

नेकाँ धनुषा सभापति यादवका अनुसार जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोज साह र उपप्रमुखमा निलम कर्ण, क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पजियार ९जोगी० र उपप्रमुखमा रचना माथेमा, नगराईन नगरपालिकाको प्रमुखमा प्रमेश्वर यादव र उपप्रमुखमा रञ्जुदेवी साह, विदेह नगरपालिकाको प्रमुखमा प्रेमचन्द्र झा र उपप्रमुखमा हीरादेवी सहनी, धनुषाधाम नगरपालिकाको प्रमुखमा बालेश्वर मण्डल र उपप्रमुखमा विद्यादेवी भुजेल, सबैला नगरपालिकाको प्रमुखमा विजयशंकर साह र उपप्रमुखमा बबितादेवी साह उम्मेदवार चयन हुनुभएको छ ।

त्यस्तै धनौजी गाउँपालिकाको अध्यक्षमा बद्री सिंह र उपाध्यक्षमा रामवती मण्डल, लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा कुमरकान्त झा र उपाध्यक्षमा रामराजी यादव, बटेश्वर गाउँपालिका अध्यक्षमा रामअशिष महतो र उपाध्यक्षमा अनारशीदेवी यादव, औरही गाउँपालिकाको अध्यक्षमा ब्रह्मदेव यादव र उपाध्यक्षमा शशीकला मण्डललाई उम्मेदवार हुनुहन्छ ।

यस्तै मुखियापट्टीमुसहरनिया गाउँपालिकाको अध्यक्षमा रामबाबु यादव उम्मेदवार बन्नुभएको छ भने उपाध्यक्षको टुंंगो लगाउन बाँकी छ । यता काँग्रेस र नेकपा माओवादीले तालमेल गर्ने धनुषा जिल्लाको एक स्थानीय तह मिथिला नगरपालिकाको प्रमुखमा राजकुमार महतोलाई काँग्रेसले उम्मेदवार बनाएको छ भने माओवादीबाट उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा