• होमपेज
  • समाचार
  • राष्ट्रिय जनमोर्चा नवलपुरको अध्यक्षमा दीपक

राष्ट्रिय जनमोर्चा नवलपुरको अध्यक्षमा दीपक

  • आइतवार, भदौ १८, २०७४
राष्ट्रिय जनमोर्चा नवलपुरको अध्यक्षमा दीपक

नवलपुर, भदौं १८–

निर्वाचन आयोगले नवलपरासीको दाउन्नेदेखि पूर्वको भागलाई नवलपुर जिल्ला बनाएपछि राष्ट्रिय जनमोर्चाले नवलपुर जिल्ला समिति गठन गरेको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुर पुर्नगठिन समितिको बैठकले दीपक पाण्डेको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा विकाराम चौधरी, सचिवमा गिरबहादुर महरा, सह–सचिवमा लक्ष्मी वि.क., कोषाध्यक्षमा मानबहादुर रानाभाटलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा कृष्ण सापकोटा, लालु खरेल, केशवप्रसाद रिजाल, प्रेम थापा क्षेत्री, डम्मर के.सी., सोमनाथ पौडेल, तुलसी शर्मा, रुपनारायाण महत्तो, देवीलाल आले, विष्णु गिरी चयन हुनुभएको छ । बैठकले चन्द्र सापकोटा, देवराज पौडेल, गोविन्द सुवेदी, भिमप्रसाद सापकोटा र गिरीकृष्ण अर्याललाई सल्लाहकारमा राख्ने निर्णय गरेका नवनिर्वाचित अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चा नवलपुर जिल्लाको पहिलो बैठकले संगठनका विस्तारको कामसंगै अक्टोबर क्रान्तिको शतवार्षिकीय कार्यक्रम सफल बनाउन एक हप्ते कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार