• होमपेज
  • समाचार
  • पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

  • आइतवार, भदौ १८, २०७४
पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

बेसीशहर (लमजुङ),भदौ १८ –

पहिरोको कारण बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।
मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत खुदीको अर्खले भन्ने स्थानमा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । गएराति पहिरो झरेर सडक पुरिएपछि यातायात अवरुद्ध भएको खुदी प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले जानकारी दिनुभयो ।

ठूलठूला ढुंगासहितको पहिरो झरकाले सानो एक्साभेटरले पहिरो पन्छाउन नसकिने र छिट्टै यातायात सञ्चालन गर्न सम्भव नभएको प्रहरीले जनाएको छ । यातायात अवरुद्ध भएपछि मनाङ पुग्नेहरु अलपत्र परेका छन् ।

मनाङसहित जिल्लाको उत्तरी भेगमा रहेका ताघ्रिङ, घेर्मुका यात्रुलाई पनि समस्या भएको छ । पहिरो पन्छाउनका लागि ठूलो एक्साभेटर माग गरिएको खुदी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले बताउनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार