• होमपेज
  • Uncategorized
  • मध्य तथा सुदुर पश्चिमविद्यार्थी सम्पर्क समाजको अध्यक्षमा सन्देश

मध्य तथा सुदुर पश्चिमविद्यार्थी सम्पर्क समाजको अध्यक्षमा सन्देश

  • आइतवार, भदौ १८, २०७४
मध्य तथा सुदुर पश्चिमविद्यार्थी सम्पर्क समाजको अध्यक्षमा सन्देश

चितवन, भदौ १८–

मध्य तथा सुदुर पश्चिम विद्यार्थी सम्पर्क समाज, चितवन केन्द्रिय कमिटिको अध्यक्षमा सन्देश शर्मा सर्वसम्मत चयन हुनु भएको छ ।

आज भएको दोश्रो सम्मेलनबाट शर्मा सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । गैर नाफामुलक यस संस्थाले मध्य तथा सुदुर पश्चिमका विद्यार्थीको हक र हितका लागि नितान्त विद्यार्थीको समस्याको निम्ति काम गर्दै आएको छ ।

यस संस्थाले विद्यार्थी हकहितको अलवा रक्तदान, तीज विशेष, आत्मीयता बढाउन बनभोज, भित्ते पात्रो प्रकाशन, मेमोरी पावर सम्बन्धी लगायत अन्य थुप्रै सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

यसको स्थापना विं.स.२०६८ सालमा भएको हो । कार्यक्रम सरोज साहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार