• होमपेज
  • समाचार
  • स्टार कपः न्यू डाईमण्ड र चैनपुर एफसी क्वाटरफाईनलमा

स्टार कपः न्यू डाईमण्ड र चैनपुर एफसी क्वाटरफाईनलमा

  • आइतवार, भदौ १८, २०७४
स्टार कपः न्यू डाईमण्ड र चैनपुर एफसी क्वाटरफाईनलमा

सुवास लामिछाने,

चितवन, भदौ १८–

चितवनको माडीमा जारी सर्वाधिक धनराशिको स्टार कप फुटबल प्रतियोगितामा आज भएको दोस्रो खेलमा न्यू डाईमण्ड नयाँपर्सा विजयी भएको छ । दिउँसो भएको खेलमा साईड नेपाल वसन्तपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यू डाईमण्ड क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

यसअघि आजै भएको पहिलो खेलमा चैनपुर एफ.सी चैनपुर ‘बी’ विजयी हुँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । उसले ध्रुवतारा युवा क्लव रामराज्यपुरलाई टाईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाईबेकरमा धकेलिएको थियो ।

यस्तै आजको अन्तिममा अहिले दियो क्लव माडी राधापुरविरुद्ध जितवहान युवा क्लव गर्दीबीच प्रतिस्पर्धा भईरहेको आयोजक स्टार स्पोर्टस क्लवले जानकारी दिएको छ ।

माडीभरिका २५ टिमको सहभागितामा रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक/एक सेट जर्सी वितरण गरिने आयोजक कमिटि स्टार स्पोर्टस क्लवका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार