• होमपेज
  • समाचार
  • खाद्यान्न जुटाउन ‘चेपाङका लागि एक दिन’ अभियान

खाद्यान्न जुटाउन ‘चेपाङका लागि एक दिन’ अभियान

  • आइतवार, भदौ १८, २०७४
खाद्यान्न जुटाउन ‘चेपाङका लागि एक दिन’ अभियान

चितवन, भदौं १८–

चरम खाद्यान्न अभावबाट गुज्रदै आएको रत्ननगर–११ स्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न पूर्ती गर्न अभियान संचालन सुरु गरिएको छ । खाद्यान्न अभावका कारण विहान वेलुकाको छाक टार्न गाह्रो भएपछि ‘चेपाङका लागि एक दिन’ नाम दिएर अभियानको सुरुवात गरिएको हो ।

संरक्षण केन्द्रको नयाँ कार्यसमिति गठनपछि आईतबार बसेको बैठकले ‘चेपाङका लागि एक दिन’ अभियान सुरु गर्ने निर्णय गरेको थियो । खाद्यान्नका लागि दैनिक करिब १० हजार भन्दा बढि रकम आवश्यक पर्दछ । दैनिक खाद्यान्न जुटाउन धौ धौ पर्दै जानथालेपछि अभियान सुरुवात गरिएको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए । “सधैभरी एक्लैले माग्दै हिड्न गाह्रो हुँदो रहेछ” अध्यक्ष शर्माले भने “साथीहरुको सल्लाह अनुसार सुरुवात गरिएको अभियानले सहयोग पुग्ने विश्वास छ ।”

अभियान अन्र्तगत कसैको जन्म दिन, वैवाहिक वर्षगाँठ, उत्सवको अवसर पारेर एक दिनका लागि खाना खुवाउन आग्रह गरिने शर्माले बताए । अभियान सुरु भएसंगै खैरहनीका समाजसेवी मुरलीप्रसाद गजुरेलले प्रत्येक वर्षको वैशाख १ गते एक दिनको खाना खुवाउने घोषणा गरेका छन् । हाल विभिन्न संघसंस्था तथा व्यक्तीहरुको सहयोगमा केन्द्र संचालन हुँदै आएको छ । केन्द्रमा हाल चितवन, मकवानपुर जिल्लाका ९७ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।

केन्द्रको कार्यसमिति पुर्नगठन

रत्ननगर–११ स्थित गामवेशीको चेपाङ संरक्षण केन्द्रको कार्यसमिति पुर्नगठन गरिएको छ । आईतबार भएको भेलाले केपी किरण शर्माको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा प्रकाशमणी सापकोटा, सचिवमा रेशम चेपाङ, कोषाध्यक्षमा विमला चेपाङ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा होमनाथ सापकोटा, विनोदबाबु रिजाल, शिशिर सिम्खडा, विमल खतिवडा, दिपेन्द्र अधिकारी, धु्रवराज खनाल, अनिता अर्याल,रामकान्त पौडेल चयन भएका छन् । यसैगरी सन्तोष चेपाङ, रुपेश चेपाङ, रमेश राना पनि सदस्य रहेका छन् ।

सल्लाहकार समितिमा समाजसेवी मुरलीप्रसाद गजुरेललाई चयन गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार