• होमपेज
  • समाचार
  • एमालेद्धारा बाराका दुईवटै उपमहानगरपालिकाको उम्मेदवार टुंगो

एमालेद्धारा बाराका दुईवटै उपमहानगरपालिकाको उम्मेदवार टुंगो

  • आइतवार, भदौ १८, २०७४
एमालेद्धारा बाराका दुईवटै उपमहानगरपालिकाको उम्मेदवार  टुंगो

बारा, भदौ १८ –

नेकपा एमालेले बाराका दुईवटै उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छ । एमालेले कलैया उपमहानगरपालिकाको प्रमुखका लालि विनोद साह र उपप्रमुखमा प्रतिमा यादवलाई अघि सारेको छ ।
त्यसैगरी जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा डा.कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई एमालेले अघि सारेको छ ।

को हुन् पौडेल ?

जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा एमालेले सिफारिस गरेका डा। कृष्ण पौडेल यो नगरका चर्चित व्यक्ति हुनुहुन्छ । २०४३ सालदेखि राजनीति सुरु गर्नु भएका पौडेल अहिले नेकपा एमाले बाराको सचिवालय सदस्य हुनुहुन्छ । पौडेल २०५८ सालदेखि निरन्तर पार्टीको सचिवालय सदस्यको जिम्मेवार सम्हाल्दै आउनु भएको छ ।

२०४४ सालमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनमा संगठित हुनु भएका पौडेल २०४९ मा एमाले डुमरवानाको गाउँ कमिटी सदस्य र २०५१ मा गाउँ कमिटी प्रमुखको जिम्मेवारी सम्हाल्नु भयो । २०५५ सालमा पार्टीको जिल्ला सदस्य र युवा संघको जिल्ला अध्यक्ष बन्नु भएका पौडेल २०५७ सालमा संघको केन्द्रीय सदस्य हुनुभयो ।

२०५८ सालदेखि एमाले बाराको जिल्ला सचिवालय सदस्य बनेपछि उहाँले २०७३ सालसम्म लगातार पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भयो । २०७३ सालमा भारतको राजस्थानबाट सहकारी र सामाजिक उतरदायित्व विषयमा विद्यावारिधि गर्नु गर्नु भएका पौडेल सहकारी अभियन्ताको रुपमा समेत चर्चित हुनु हुन्छ । जितपुर सिमरा उपमहानगरपालिकाको उपप्रमुखमा सिफारिश चौधरी शिक्षिकाका साथै नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

को हुन विनोद साह  ?

वि. सं. २०१६ सालमा जन्मनु भएका कलैया उपमहानगरपालिकाका एमालेका प्रमुखका उम्मेदवार विनोद साह २०३७ सालदेखि काठमाडौंको अमृत साइन्स क्याम्पसबाट राजनीति सुरु गर्नु भएको हो । २०४९ सालमा कलैया नगरपालिका वडा नम्बर १ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएका साह त्यही वर्ष जिल्ला बिकास समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित हुनु भयो ।
एमालेको नगर सचिव, क्षेत्रीय अध्यक्ष, जिल्ला सदस्य हुँदै अहिले प्रदेश सदस्य रहनु भएका साह २०७३ सालको संविधानसभा निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेबाट संविधानसभा सदस्यमा लडेर नेपाली कांग्रेसका फरमुल्लाह मंसुरसँग पराजित हुनु भयो । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कलैया नगरपालिकाको उपप्रमुखमा साह निर्वाचित हुनु भएको थियो ।
विज्ञान विषयमा प्रमाणपत्र अध्यन गर्नु भएका साह अहिले उद्योग वाणिजय संघ बाराका अध्यक्ष अध्यक्ष हुनुहुन्छ । उपप्रमुखमा सिफारिश प्रतिमा यादव पार्टीको कुनै पनि संगठनमा नभएको भन्दै एमाले भित्रै असन्तुष्टि देखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार