• होमपेज
  • समाचार
  • सोलरवत्तीले नवलपुरको देवचुलीका ग्रामिण क्षेत्र झिलिमिली

सोलरवत्तीले नवलपुरको देवचुलीका ग्रामिण क्षेत्र झिलिमिली

  • आइतवार, भदौ १८, २०७४
सोलरवत्तीले नवलपुरको देवचुलीका ग्रामिण क्षेत्र झिलिमिली

ज्ञानु पंगेनी ,
नवलपरासी ,भदौ १८ –

नवलपरासीको देवचुली नगरपालिकाका अधिकाशं वडामा सोलार वत्ति जडान गरिएपछि अहिले नगर नै गाउ नै झिलीमिली भएको छ ।

नगरको बजार क्षेत्र मात्रै नभएर ग्रामिण क्षेत्रमा समेत सोलारबत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको बजार क्षेत्र प्रगतीनगर, दलदले, दुम्कौलीका सबै स्थानमा सोलारबत्ती जडान गरिएको छ,भने देवचुलीका अधिकाशं ग्रामिण बस्तिमा सोलारबत्ती जडान गरिएपछि झिलीमिली भएका छन् ।

नगरको ग्रामिण क्षेत्र मुन्डे, गैडी, रामवास, सीतावास, विशालटार, मुसहर टोल लगायतका ग्रामिण बस्तिहरुमा अहिले अधिकाशं स्थानमा सोलारबत्ती जडान गरिएको छ । यी ग्रामिण बस्तिहरुमा बाटो पक्की बन्न सकेको छैन तर सोलारबत्तीले गाँउ भने झिलीमिली बनेको छ ।

सोलार बत्ती जडान भएपछि रातको समयमा गाउ नै झिलीमिली र उज्यालो भएको देवचुली १२ गैडीका मुक्तीराम पराजुलीले बताए । ‘पहिले चाडपर्वका वेलामा बाटोमा उज्यालो बनाउदा लाईन हुकिङ्ग गरेर चोर्ने प्रवृती रहेको थियो अहिले सोलार बत्ती जडानपछि त्यो समस्या हटेको छ ,पराजुलीले भने । बत्ती जडानपछि रातमा पनि उज्यालो हुने हुदा गाउका युवाहरुले लागुऔषध सेवन गर्ने जस्ता विकृती विसंगतीको पनि कम भएको उनले बताए ।

यस्तै देवचुली ११ धारापानी सातघरेचोककी कुमारी बरालले पनि सोलारबत्ती राखेपछि रातको समयमा हिडडुल गर्न त्रास नहुने , रातभर नै उज्योलो भएपछि गांउ नै रमाईलो भएको बताईन् । ‘सोलारबत्ती जडानपछि त गाउ नै पुरै उज्यालो र रमाईलो भएको छ ’ बरालले भनिन् । उनले सोलार नहुदा गाउघरमा पालेका हाँस कुखुरा चारि हुने गरेकोमा अहिले त्यसरी चोरी समेत हुन छाडेको बताईन ।

देवचुली नगरपालिकामा १७ वटा वडा रहेका छन् । राजमार्गका २ वटा बाहेक अन्य १५ वटा सबै ग्रामिण बस्ति हुन । उज्यालो नगर बनाउने योजना अनुरुप नगरका सबै वडाहरुमा सालोरबत्ती जडान गरिएको देवचुली नगरपालिकाका वातावरण अधिकृत धु्रव आचार्यले बताए । गएको ३ आर्थिक वर्षमा गरि नगरपालिकाभित्र २ सय ६१ वटा सोलारबत्ती जडान गरिएको आचार्यले जानकारी दिए ।

वैकल्पिक उर्जा प्रबर्धन केन्द्र , देवचुली नगरपालिका र उपभोक्ता समेतको लगानीमा गरि करीब अढाई करोढ रुपैयाको लागतमा सोलार बत्ती जडान गरिएको आचार्यले जानकारी दिए । ‘नगरका अधिकाशं वडाहरुमा सोलाबत्ती जडान गरिएको छ अब केहि स्थान मात्रै बाँकी छन । ती स्थानहरुमा पनि उपभोक्ताको माग अनुसार जडान गर्ने योजना छ, आचार्यले भने ।

Facebook Comments

सम्बन्धित समाचार