• होमपेज
  • मनोरञ्जन
  • सलीम खानले सलमानले कहिले बिहे गर्दैनन् भने पछि….

सलीम खानले सलमानले कहिले बिहे गर्दैनन् भने पछि….

  • आइतवार, भदौ १८, २०७४
सलीम खानले सलमानले कहिले बिहे गर्दैनन्  भने पछि….

काठमाडौँ,भदौ १८ –

बलीउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ ।

बलीउडमा सलमान खानको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । तर, सलमानलाई सबै फ्यानले एउटै मात्र प्रश्न गरिरहेको हुन्छन्, कहिले बिहे गर्ने रु उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ । तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन ।

सलमानको पारिवारिक सुत्रको अनुसार, सलमानका पिता सलीम खानले भनेका छन् कि सलमान खानलाई बिहेको दबाब नदिँदा नै राम्रो किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।

सलमानको ऐश्वर्यासँग ब्रेकअफ भएपछि माया–प्रेममा विश्वास लाग्न छोडिसकेको थियो । यसकारण उनले बिहे नगर्ने फैसला गरेका स्रोत बताउँछ । सलमानका पिता सलीम खानले बताएअनुसार सलमान भन्छन्, परिवार र फ्यानको माया उनको साथ भएपछि उनलाई अरु कसैको जरुरत नै छैन ।

Facebook Comments

सम्बन्धित समाचार