• होमपेज
  • समाचार
  • बाढीपछि चितवन राष्ट्रिय निकुञ्जबाट हराएको बाह्रसिंगे भेटियो

बाढीपछि चितवन राष्ट्रिय निकुञ्जबाट हराएको बाह्रसिंगे भेटियो

  • आइतवार, भदौ १८, २०७४
बाढीपछि चितवन राष्ट्रिय निकुञ्जबाट हराएको बाह्रसिंगे भेटियो

चितवन,भदौ १८ –

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ ।

बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोर९इन्क्लोजर०को अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको र अन्य तीन वटाको भने अवस्था थाहा हुन सकेको छैन । बाढीले खुला खोरको तारजाली भत्काएकाले त्यहीबाट बाह्रसिंगे भागेको अनुमान निकुञ्जले गरेको छ ।

“निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले भन्नुभयो, “तन्दुरुस्त अवस्थामा एउटा बाह्रसिंगे भेटियो, अन्य चाहिँ भेटिएको छैन ।”

चितवन राष्ट्रिय निकुञ्जले शुक्लाफाँटाबाट सात वटा बाह्रसिंगे ल्याएर खुला खोरमा राखेको थियो । त्यसमध्ये तीन वटा यसअघि नै मरिसकेको छ । चार वटा बाँकी रहेका बाह्रसिंगे सबै बाढीपछि हराएको भनेर निकुञ्जले सार्वजनिक गरेको थियो । तर अनुगमनमा एउटा फेला परेको हो ।

सो खोरमा रहेका १२ वटा अर्ना भने सकुशल र तन्दुरुस्त रहेको निकुञ्जका प्रमुख कँडेलले जानकारी दिनुभयो ।

पन्ध्र वटा अर्ना ल्याइएकामा ललितपुरको सदर चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना मरेकाले हाल यहाँ १२ वटा अर्ना रहेका छन् ।

वन्यजन्तुको प्रजाति संरक्षणका लागि अघिल्लो वर्ष पूर्वी नेपालको कोशीटप्पुबाट अर्ना ल्याइएको थियो भने पश्चिम शुक्लाफाँटाबाट यहाँ बाह्रसिंगे ल्याइएको थियो । यसैबीच निकुञ्जले बाढीले बगाएका आठ वटा गैँडाको उद्धार गरेर पुरानै बासस्थानमा फर्काएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)