• होमपेज
  • Uncategorized
  • खेलकुद मन्त्री केसीलाई लोकतान्त्रिक खेलकुद संघको सम्मान

खेलकुद मन्त्री केसीलाई लोकतान्त्रिक खेलकुद संघको सम्मान

  • आइतवार, भदौ १८, २०७४
खेलकुद मन्त्री केसीलाई लोकतान्त्रिक खेलकुद संघको सम्मान

काठमाडौं, भदौ १८–

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी (राजन)लाई सम्मान गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उहाँलाई खेलकूद जस्तो राष्ट्रको प्रतिष्ठा र युवाहरुको भविष्यसंग जोडिएको मन्त्रालयको नेतृत्व सम्हाल्न आउनु भएकोमा संघले मन्त्री केसीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको थियो ।

कार्यक्रममा मन्त्री केसीले खेलकुद क्षेत्रमा विगतमा देखिएका आर्थिक र प्रशासनिक अनियमितता, भष्ट्राचार, ढिला सुस्ती हटाएर यसलाई खेलकुदको विश्वव्यापी मान्यता अनुरुप सुशासनयुक्त, अनुशासित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

उहाँले खेलकुदको क्षेत्रमा गरिने सकारात्मक सुधार र विकासमा लोकतान्त्रिक खेलकुद संघलगायतका संस्थाहरुको साथ चाहिएको बताउनुभयो ।

उहाँले खेलकूदको क्षेत्रमा लोकतन्त्रवादी खेलाडीहरु संगठित भएर अगाडि बढ्नु पर्ने खाँचो औल्याउदै लोकतान्त्रीक खेलकुद संघलाई विस्तार गरी पार्टीको भातृ संगठनको रुपमा विकसित गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले लोकतन्त्रवादी खेलाडी र खेलप्रेमीहरुले आपसी मतभेद विर्सेर खेलमा जस्तै स्वस्थ प्रतिस्पर्धाको भावना सहित अगाडि बढ्नुपर्ने बताउनु भयो ।

सोही अवसरमा संघको केन्द्रिय समितिका सदस्य काठमाण्डौ वडा–११ नवनिर्वाचित सदस्य सरोजकुमार मुल्मी, राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघमा विजयी हुनुभएका रञ्जन थापालगायतलाई पनि सम्मान गरिएको थियो ।

संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको सभापतित्वमा गरिएको बधाई तथा सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ उपाध्यक्ष किशोर राई सहित पदाधिकारीहरु, लोकतान्त्रिक खेलकुदमा आवद्ध खेलाडी र खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार