• होमपेज
  • समाचार
  • पिकअप भ्यानसहित लाखौं मूल्य बराबरका लताकपडा पक्राउ

पिकअप भ्यानसहित लाखौं मूल्य बराबरका लताकपडा पक्राउ

  • शनिबार, भदौ १७, २०७४
पिकअप भ्यानसहित लाखौं मूल्य बराबरका लताकपडा पक्राउ

धनुषा,भदौ १७ –

जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखौं मूल्य बराबरका लताकपडा पक्राउ गरेको छ । जनकपुरस्थित भन्सार कार्यालयले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत हेमचन्द्र शर्माले विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारबाट बिहान ३ बजे भन्सार छली ल्याइएका रु १० लाख मूल्य बराबरका लत्ताकपडा पक्राउ गरेको बताए ।

ज १ च १२७५ नम्बरको पिकअप भ्यानमा रहेको सो लताकपडा सिरहातर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए । उक्त पिकअपमा रहेका कपडा भारतीय नागरिकको रहेको अनुमान गरिएको छ ।

त्यसैगरी चोरीपैठारी गरी भित्र्यिाइएका पान मसाला, खाने तेल, चिनीलगायत कसमेटिक सामान जनकपुरलगायतका बजारमा खुलेयाम विक्री भइरहेका छन् । चोरीतस्करीबाट आउने यी सामानबाट भन्सार कार्यालयले भने वर्षेनी ठूलो रकम राजस्व गुमाउँदै आएको छ ।

प्रहरीको मिलोमतोमा नै यी सामानको चोरी तस्करी हुने गरेको यसमा संलग्न व्यवसायीले बताएका छन् । – रासस

फाइल फोटो

Facebook Comments

सम्बन्धित समाचार